ताप्लेजुङमा सुख्खा पहिरो खस्दा मेची राजमार्ग अवरुद्ध, सूचारु हुन समय लाग्ने - Epathivara

फुङ्लिङ–मेचीराजमार्ग अन्तर्गत फुङलिङ नगरपालिका ८ स्थित खोक्से छेउमा सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । गएराति सडकमाथिबाट आएको सुख्खा पहिरोका कारण सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

प्रहरीका अनुसार अहिले जेसिजीको माध्यमबाट सडकको पहिरो पन्छयाउने कार्य भईरहेको छ । यस्तै पहिरो पन्छयाउनका लागि समय लाग्ने भएकाले पाँचथरबाट समेत जेसिभी झिकाइएको प्रहरीले बताएको छ ।

दुईतर्फीबाट सडक पन्छयाएपनि करिब आज साँझबाट मात्र सडक खुल्ला हुने सम्भावना रहेको प्रहरीको भनाई छ । यस्तै सडक अवरुद्ध भएपछि सदरमुकामबाट जिल्ला बाहिरका लागि हिडेका यात्रुहरु सो क्षेत्रमै रोकिन बाध्य भएका छन् ।

यता प्रहरीले भने हरेक काउन्टरमा सडक अवरुद्ध भएको जानकारी गराएको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर