काठमाडौँ — गत आर्थिक वर्षकाे साउनदेखि जेठसम्मकाे तुलनामा चालु आर्थिक वर्षकाे साेही अवधिमा गलैंचा निर्यात २० प्रतिशतले बढेकाे छ । चालु आर्थिक वर्षको ११ महिनामा १० अर्ब ३२ करोड ४६ लाख ६६ हजार रुपैयाँ बराबरको गलैैंचा ६८ वटा मुलुकमा निर्यात भएको भन्सार विभागले जनाएकाे छ ।
गत आर्थिक वर्ष सोही अवधिमा ८ अर्ब ५८ करोड ५३ लाख ८६ हजार रुपैयाँ बराबरकाे ३ लाख ९९ हजार ४२१ स्क्वायर मिटर गलैंचा निर्यात भएकाे थियाे । चालु आर्थिक वर्षकाे ११ महिनामा ४ लाख ४४ हजार ३६५ स्क्वायर मिटर गलैंचा निर्यात भएकाे हाे ।
सबैभन्दा बढी गलैंचा अमेरिकामा ६ अर्ब ४१ करोड ९१ लाख १० हजार रुपैयाँको, जर्मनमा ८१ करोड १० लाख ५७ हजार, युकेमा ६८ करोड ९८ लाख ७५ हजार, इटालीमा ५६ करोड ७३ लाख ५ हजार, फ्रान्समा ३० करोड ८९ लाख ७३ हजार, क्यानडामा २३ लाख ७६ लाख ५४ हजार, बेल्जियममा २१ करोड २३ लाख ६ हजार, अष्ट्रेलियामा १८ करोड ४४ लाख २ हजार, चीनमा १७ करोड ११ लाख १० हजार, स्विट्जरल्याण्डमा १४ करोड ३९ लाख ९ हजार, अष्ट्रियामा ८ करोड ४५ लाख २४ हजाार रुपैयाँ बराबरकाे निर्यात भएको हाे । मंगोलिया, भुटान, जिम्बाबे, पोल्याड, पोर्चुगल, पानामा, बहराइन, नर्वे, कुवेत, इन्डोनेसिया, ग्रिसलागयत ६८ वटा देशमा नेपालकाे गलैंचा निर्यात भएकाे विभागले जनाएकाे छ ।
गत आर्थिक वर्षभर १० अर्ब ६२ करोड २६ लाख रुपैयाँ बराबरको निर्यात भएको विभागको तथ्यांक छ ।आर्थिक वर्ष २०७७/०७८ मा ७ अर्ब ९७ करोड ६९ लाख रुपैयाँकाे निर्यात हुँदा तथा । आर्थिक वर्ष ०७६/०७७ मा ६ अर्ब ६ करोड ८५ लाख रुपैयाँ बराबरको गलैंचा निर्यात भएको थियो । आर्थिक वर्ष ०७५/७६ मा ७ अर्ब २९ करोड ८२ लाख रुपैयाँ बराबरको गलैंचा निर्यात भएकोमा कोभिडको समयमा निर्यात १६.८५ प्रतिशतले घटेको थियो ।