अमेरिका पुगेका भारतीय प्रधानमन्त्री मोदीले इलन मस्क भेटे, छलफलमा ऊर्जादेखि अध्यात्म सम्म - Epathivara

अमेरिकी कार निर्माता कम्पनी टेस्लाका मालिक इलन मस्कले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रत्यक्ष भेटी भारतमा टेस्लाको प्लान्ट स्थापना गर्ने योजनाबारे छलफल गरेका छन्।

तीन दिने भ्रमणका क्रममा अमेरिका पुगेका मोदीसँग इलन मस्कले आफू मोदीको फ्यान भएको बताएका छन्।

‘मलाई मोदी असाध्यै मन पर्छ। यो भेट असाध्यै राम्रो भयो। मोदी हाम्रो फ्याक्ट्रीमा केही वर्षअघि आएका थिए।’–मस्कले भने ‘म भारतको भविष्यलाई लिएर असाध्यै उत्साहित छु।’

सन् २०१५ मा मोदीले क्यालिफोर्नियास्थित टेस्ला मोटर्सको फ्याक्ट्री घुमेका थिए। मस्कले भने–‘टेस्ला भारतमा स्थापित हुने कुरामा म ढुक्क छु र यो जतिसक्दो चाँडै हुनेछ।’

‘प्रधानमन्त्री मोदीले भारतमा लगानीको लागि असाध्यै राम्रो वातावरण बनाएका छन्। हामी सही समयको पर्खाइमा छौं। मोदी भारतका लागि सही निर्णय गर्छन्। विदेशी कम्पनीहरुलाई भारतमा स्थापित हुनका लागि त्यहाँको सरकार निकै सहयोगी पनि छ।– उनले भने।

इलन मस्कसँगको भेटलाई भारतीय प्रधानमन्त्री मोदीले समेत ट्वीट गरेका छन्। उनले अध्यात्मदेखि ऊर्जासम्मका विषयमा दुईबीच कुराकानी भएको लेखेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर