ताप्लेजुङमा चिर्पट प्रहार गरि श्रीमतीको हत्या - Epathivara

ताप्लेजुङ- दाउराको चिर्पट प्रहार गरि श्रीमतीको हत्या भएको छ । सिरिजंघ गाउँपालिका ३ सिकैचाका लक्ष्मण चाम्लिङ राईले चिर्पटले प्रहार गरि श्रीमतिको हत्या गरेका हुन् । मादक पदार्थको सेवन गरेका राईले ३१ वर्षिय श्रीमति निशा राईलाई चिर्पट प्रहार गरेका थियो ।

eनिशाको घटनास्थल मै ज्यान गएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरिक्षक कुशराम कार्कीले जानकारी दिए ।
घटनास्थलमा प्रहरी चौकी काँडे भञ्ज्याङबाट प्रहरीको टोली पुगेको छ । घटनास्थलमा कानुनी प्रकृया पुरा गरि मृतकको शव पोष्टमार्टमका लागि सदरमुकाम ल्याईने बताईएको छ । चिर्पट प्रहार गर्ने लक्ष्मण राई प्रहरीको नियन्त्रणमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर