एमाले सचिव टोपबहादुर रायमाझीको सांसद पद निलम्बन - Epathivara

काठमाडौँ : नक्कली शरणार्थी प्रकरणमा जोडिएका एमाले नेता टोपबहादुर रायमाझीको सांसद पद स्वत: निलम्बन भएको छ । काठमाडौं जिल्ला अदालतले शुक्रबार पुर्पक्षका लागि कारागार पठाउने आदेश जारी गरेसँगै रामयमाझी सांसदबाट निलम्बित भएका हुन् ।

प्रतिनिधिसभा नियमावलीमा कुनै पनि सांसद फौजदारी अभियोगमा पुर्पक्षका लागि कारागार चलान भएको अवस्थामा सांसद निलम्बनमा पर्ने प्रावधान छ । अब अदालतबाट यो मुद्दाको अन्तिम किनारा नलाग्दासम्म उनले सांसदको हैसियतमा कुनै गतिविधि गर्ने पाउनेछैनन् ।
उनले निलम्बित अवधिको पारिश्रमिक र अन्य सेवा सुविधासमेत पाउनेछैनन् । संसद्को यो कार्यकालभित्र मुद्दाको अन्तिम फैसला भएर उनी दोषी ठहर भए उनको पदै जान्छ र उनी निर्वाचित क्षेत्रमा उपनिर्वाचन हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर