पाँचथर । अविरल वर्षासँगै आएको बाढीले पाँचथर र ताप्लेजुङको सिमावर्ती इवा खोलामा सञ्चालन भइरहेको राइराङ हाइड्रो पावरका संरचना बगाएको छ । शुक्रबार राति आएको बाढी हाइड्रो पावरको पाइपलाइन र पावर हाउसमा पसेको थियो । बाढीका कारण पावर हाउस र सुरुङ मार्ग पुरिएको छ भने अन्य संरचना बगेका छन् ।
बाढीका कारण उक्त आयोजनाबाट बिजुली उत्पादन बन्द भएको छ । बाढीले दश करोडभन्दा धेरैको क्षति भएको आयोजना सञ्चालन पक्षले जनाएको छ । १० मेगावाटको उक्त आयोजना चार वर्ष अघिदेखि सञ्चालन हुन थालेको थियो ।
यस्तै सोही खोलामा आएको बाढीले विभिन्न स्थानका पुल र शव दाह गृहहरु बगाएको याङवरक – ४ का वडाध्यक्ष सविन मावोले जानकारी दिए ।