ताप्लेजुङ- तेस्रो मेयर कप तथा प्रदेश स्तरीय खुला व्याडमिण्टन प्रतियोगिता अन्र्तगत मेन्स डबल तर्फको उपाधी बिबेक कन्दंवा र नविन सिलवालले जितेकाछन् । प्रदेश स्तरीय उक्त प्रतियोगितामा महेश खड्का र लाक्पा शेर्पा दोश्रो बने । यता भेट्रान्स डबल तर्फ दिपक आङ्देम्बे र गणेश राई प्रथम भएकाछन् भने रामराज आङ्देम्बे र युकमणी लिम्बू द्धित्तिय भएकाछन् । मिक्स डबल्स जुनियर तर्फ जिल्ला स्तरीय प्रतियोगितामा आईद्रेश लिम्बू र भुपेन्द्र लिम्बू प्रथम भएकाछन् ।
यस्तै दक्ष लिम्बू र बसन्त तामाङ दोस्रो बनेकाछन् । कर्मचारी तर्फको जिल्ला स्तरीय प्रतिस्पर्धामा लक्ष्मण घतानी र खेगेन गुरुङ प्रहिलो र शिबकुमार काम्बाङ र केशब पौडेल दोश्रो भएकाछन् । मिक्स डबल तर्फ शिबकुमार मगर र सरुना गुरुङ प्रथम हुँदा आईद्रेश लिम्बू र रेसिका गुरुङ दोस्रो बने ।
प्रतियोगिता अन्र्तगत मेन्स डबल्स तर्फ प्रथम हुनेले नगद ३० हजार र द्धितीय हुनेले नगद २० हजार रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको जिल्ला व्याडमिण्टन संघका अध्यक्ष सुरेश सिङ्घकले जानकारी दिए । मिक्स डबल्सतर्फ प्रथम हुनेले नगद १५ हजार र द्धितीय हुनेले नगद १० हजार रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।
यस्तै मेन्स डबल्स (जुनियर) तर्फ प्रथम हुनेले नगद २० हजार र द्धितीय हुनेले नगद १५ हजार रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र पाएकाछन् । यस्तै कर्मचारी डबलस्तर्फ प्रथम हुनेले नगद १५ हजार रुपैयाँ पाउँदा द्धितीय हुनेले नगद १० हजार रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । यता प्रदेश स्तरीय हुने भेट्रान्स डबल्सतर्फ प्रथम हुनेले नगद २५ हजार र द्धितीय हुनेले १५ हजार रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेको संघका अध्यक्ष सुरेश सिङ्घकले जानकारी दिए ।
बसन्त लिम्बू