शीर्षक: म कामरेड हुँ
म कामरेड हुँ
मलाई कामरेड भन्नुहोस्
मलाई कामरेड शब्द अत्यन्तै मनपर्छ
कामरेडमा उच्च सम्मान छ
कामरेडमा उच्च समानता छ
कामरेडमा उच्च भावना छ
त्यसैले
मलाई कामरेड शब्द अत्यन्तै मनपर्छ ।
म कामरेड हुँ
मलाई रातो रङ मनपर्छ
म क्रान्तिको पारखी हुँ
मलाई क्रान्ति मनपर्छ
कामरेड, क्रान्ति र रातो रङ
मेरो प्रतिक हो
मलाई कामरेड भन्नुहोस् ।।
रगत सबैको रातै हुन्छ
कपाल सबैको कालै छ
रङ्गी विरङ्गी त मन मन मात्रै हो
मलाई रातो रङ मनपर्छ
जुन क्रान्तिको प्रतिक हो
म क्रान्तिकारी हुँ
मलाई कामरेड भन्नुहोस् ।।।
म गणतन्त्रप्रेमी हुँ
म समाजवादको वकालत गर्छु
म साम्यवादको यात्रामा छु
सर्वहाराको सपना बोकेर
समृद्धिको लक्ष्यमा डुबुल्की मार्दै
समानताको गन्तव्य चुम्न
निरन्तर अगाडि बढिरहेको
म क्रान्तिको यात्री हुँ
मलाई कामरेड भन्नुहोस् ।।।।
वर्गीयताको खाडल पुर्न
समानताको पुल थाप्न
कुटो र कोदालो हातमा लिएर
पसिना बगाउन म तयार छु
यो देशमा सुन फलाउने
म किसान हुँ
मलाई पसिना बगाउन मनपर्छ ।।।।।
मलाई महलको पिजा होइन
झुपडीको ढिँडो मनपर्छ
मलाई शहरको पफकन होइन
गाउँको ठेट्ना मिठो लाग्छ
मलाई अत्तरको बास्ना होइन
पसिनाको गन्ध मिठो लाग्छ
म कामरेड हुँ
मलाई रातो रङ मनपर्छ
मलाई कामरेड भन्नुहोस्
मलाई कामरेड शब्द अत्यन्तै मनपर्छ ।।।।।।
म माक्र्सवादी हुँ
मलाई लेनिनवाद प्यारो लाग्छ
मलाई माओवाद मनपर्छ
म मालेमाको अनुयायी हुँ
म माक्र्स, लेनिन र माओको प्रचारक हुँ
एङ्गेल्स, स्टालिन र देङको शुभचिन्तक हुँ
म विश्व विख्यात क्रान्ति नायक
चे–ग्वेभाराको चेला हुँ
होचि मिन्हो र गोञ्जालोको समर्थक हुँ
जो चेतनाको दिप बनेर
सबैको मस्तिष्कमा बलिरहेका छन्
मुठ्ठी कसेर सलाम छ
शिर झुकाएर अभिवादन छ
ती महान पुरुषहरुलाई
म कामरेड हुँ
मलाई कामरेड भन्नुहोस्
मलाई कामरेड शब्द अत्यन्तै मनपर्छ ।।।।।।।
प्रजिन हाङबाङ
सचिव – प्रगतिशील लेखक संघ ताप्लेजुङ