कञ्चनजङ्घा पर्यटकीय पदमार्ग मर्मत हुँदै - Epathivara

­ताप्लेजुङ। ताप्लेजुङस्थित विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा जाने पदमार्ग धमाधम मर्मत भइरहेको छ । कञ्चनजङ्घाको उत्तर र दक्षिणी आधार शिविर जाने पर्यटकीय पदमार्ग मर्मत गर्न थालिएको हो ।

जिल्लाको फक्ताङ्लुङ गाउँपालिका –६ लेलेपको घुन्सा हुँदै कञ्चनजङ्घा आधार शिविर जाने पदमार्ग मर्मतको काम अहिले तिव्ररुपमा भइरहेको छ । फक्ताङ्लुङ गाउँ कार्यपालिका सदस्य एवम् सामाजिक अभियन्ता मिङ्माडण्डु शेर्पाका अनुसार छुट्टाछट्टै दुई अर्थात् उत्तर र दक्षिणतर्फ आधार शिविर जाने पदमार्ग मर्मत गर्न लागिएको हो ।

कोशी प्रदेश सरकार पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट चालू आर्थिक वर्षका लागि विनियोजित बजेटले पदमार्ग मर्मतको काम हुँदैआएको शेर्पाले बताउनुभयो । उहाँका अनुसार स्थानीय उपभोक्ता समितिमार्फत घुन्साका स्थानीयले पदमार्ग मर्मतको काम गरिरहेका छन् ।

कञ्चनजङ्घाको उत्तरतर्फ आधार शिविर जाने घुन्सा हुँदै सेलेले पास पदमार्गका लागि २० लाख रुपियाँ र दक्षिणतर्फ खम्बाचेन–लोनाक हुँदै आधार शिविर जाने पदमार्गका लागि २५ लाख रुपियाँ बजेट रहेको उहाँले जानकारी दिनुभयो । दुई वटै योजनाअन्तर्गत पदमार्ग मर्मतको काम उपभोक्ता समितिमार्फत गरिँदैआएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर