विराटनगर : कोशी प्रदेश सरकारले बुधबार बस्ने प्रदेशसभा बैठकमा आर्थिक वर्ष २०८०÷ ८१ को वार्षिक नीति तथा कार्यक्रम पेश गर्ने भएको छ ।
मंगलबार बसेको कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले सरकारको आर्थिक वर्ष २०८० ÷८१ को वार्षिक नीति तथा कार्यक्रमलाई छलफलका लागि स्वीकृति गर्ने निर्णय गरेको सरकारका प्रवत्ता तथा कृषिमन्त्री भक्तिप्रसाद सिटौलाले जानकारी दिए ।
बैठकले सरकारको नीति कार्यक्रम प्रदेशसभाको चालु अधिवेशनअन्तरगत बुधबार दिउँसो १ बजे सम्बोधन गरी प्रस्तुत गर्न प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णय गरेको सिटौलाले बताए ।
यस्तै प्रदेश प्रमुखले प्रदेशसभालाई सम्बोधन गर्न आवश्यक सम्पूर्ण तयारी पुरा गर्न प्रदेशसभा सचिवालयलाई निर्देशन गर्ने निर्णय भएको छ ।