मैवाखोला गाउँपालिकाको नीति कार्यक्रम आज - Epathivara

ताप्लेजुङ- मैवाखोला गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आइतबार ल्याउने भएको छ । संघ र प्रदेश सरकारको जस्तै बजेट अघि नै नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरिएको पालिका अध्यक्ष विजयप्रकाश वनेमले बताए ।
‘संघ र प्रदेशको जस्तै नीति तथा कार्यक्रम पारित भएपछि मात्रै बजेट ल्याउने तयारी गरेका छौँ’ अध्यक्ष वनेमले भने, ‘गाउँसभाले नीति तथा कार्यक्रम पारित गरेपछि मात्र बजेट ल्याइने छ ।’

मैवाखोला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०।०८१ को बजेट भने असार ९ गते ल्याउने तयारी गरेको छ । नीति तथा कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको उनले बताए । नीति, कार्यक्रम ल्याउनुअघि पालिकाले राजनीतिक दल, बुद्धिजीवी, सरोकारवालालगायतसँग परामर्श गरेको थियो ।

सामान्यतया स्थानीय तहले नीति,कार्यक्रम र बजेट एकैदिन ल्याउने गर्छन् । अघिल्लो बर्ष भने मैवाखोलाले असार ९ गते नै नीति,कार्यक्रम र बजेट ल्याएको थियो । पालिका अध्यक्ष वनेमले यसबर्ष नीति तथा कार्यक्रम पारित भएपछि बजेट ल्याईने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर